तपाईँ सुन्दै हुनुहुन्छः

५ सय कृषकलाई २२ हजार फलफूलका बिरुवा

जाजरकोट। कृषि विकास उपशाखा कुशेले ५ सय कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्न कार्यालयले विभिन्न जातका वर्षे फलफूलका २२ हजार विरुवा वितरण गरेको कृषि विकास उप शाखा कुशेका प्रमुख धीरेन्द्र बस्नेतले बताउनुभयो ।
गाउँपालिकालाई फलफूल पकेट खेतीका रुपमा विकास गर्नका लागि फलफूलका बिरुवा वितरण गरेको बस्नेतले जानकारी दिनुभयो । कार्यालयले सुन्तलाका १२ हजार र कागतीका १० हजार विरुवा वितरण गरेको बस्नेतले बताउनुभयो । जिल्लाका ७ स्थानीय तहमा फलफूल खेतीको राम्रो सम्भावना रहेको छ । जिल्लाको तल्लो भाग छेडाचौरदेखि खगेनको दल्लीसम्ममा आप र लिच्ची, केरा, अनार, बीचको भागमा कागती, सुन्तला, माथिल्लो भागमा ओखर, किवी, स्याउ खेतीको राम्रो सम्भावना रहेको गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताउनुभयो । पछिल्लो समय कुशेका कृषक फलफुल खेतीतर्फ आकर्षित हुदै गएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button