तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारतका पत्रकारहरुको बैठक ८ बुदे घोषणा पत्र जारी गर्दे सकियो

बुटवल-नेपाल भारतका पत्रकारहरुको हिजो साझ भैरहवामा सम्पन्न नेपाल भारत पर्यटन प्रवद्र्धन बैठक ८ बुदे घोषणा पत्र जारी गरेको छ ।
लुम्विनी भ्रमण बर्ष २०७६ को सन्दर्भमा भ्रमण वर्ष सचिवालयको आयोजनामा भएको बैठकले नेपाल भारतको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमहरुबाट सहयोग पुर्याउने प्रतिबद्धता सहित ८ बुदे घोषणा पत्र जारी गरेको हो ।

दुबै देशका पर्यटक दुबै देशमा सहज ढंगले भ्रमण गर्ने व्यवस्था मिलाउन दुबै देशका सरकारलाई आग्रह गर्ने, पर्यटन प्रवद्र्धनका बिषयमा नियमित कलम चलाउने, लुम्विनी, बोधगया, सारथनाथ र कुशीनगरलाई समेटेर बुद्ध सर्किट निर्माण गर्न दुबै देशका सरकारले गरेको प्रतिवद्धता कार्यान्वयनमा लैजान दुबै देशका सरकारसंग माग गर्दै दुबै देशका पत्रकारहरुले मिडिया मार्फत पहल गर्ने, नेपालको हिमालदेखि भारतको समुन्द्र जोड्ने सिधा र सहज मार्ग निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न दुबै देशका सरकारको ध्यानाकर्षण गराउने घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्टिय बिमानस्थलदेखि भारतका पर्यटकीय शहरसम्म सिधा हवाई सेवा जोडन तथा नौतन्नवा रेल वे स्टेशनदेखिबोधगया लखनउ,दिल्लि लगायतका शहरहरुसंग सिधा रेल सम्पर्कको वातावरण मिलाउन मिडीयाबाट दवाव श्रृजना गर्ने, दुबै देशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि संयुक्त योजना बनाउन भेटघाट, छलफल र अन्तरक्रियालाई निरन्तरता दिने घोषणा पत्रमा उल्लेख गरीएको छ ।

बैठकमा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्विनीमा अन्र्तराष्टिय पर्यटकलाई भित्र्याउन भ्रमण बषृको घोषणा गरेको जानकारी गराउदै यसलाई सफल बनाउन नेपाल भारतका पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताउनु भयो । उहाले भारतीय पर्यटकका लागि नेपालमा कुनै कठिनाई हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपाली पर्यटकलाई पनि सहज वातावरण बनाउन भारतका पत्रकारहरुले पनि कलम चलाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button