तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा कालंगा हाईड्रो पावर कम्पनीको फिल्ड कार्यालयमा तोडफोड

बझाङ– बझाङको बुंगोल क्षेत्रमा विधुत उत्पादनमा काम गरि रहेको कालंगा हाइड्रो प्रालीको फिल्ड कार्यालयमा तोडफोड भएको छ । विगजडामा रहेको २ वटा फिल्ड कार्यालयमा रहेका जेसीवी मेसीन २ वटा टिफर ३ वटा र महेन्द्रा बलेरोजिव १० वटा र अन्य कार्यालयमा पनि व्यापक तोडफोड गरिएको छ ।

सोमवार कालंगा हाइड्रो प्रालीका कर्मचारीहरुले पत्रकार सम्मेलन गर्दै घटना र क्षेतीको बारे जानकारी दिएको हो । स्थानियहरुको आक्रोसित आक्रमणले प्रालीमा १५ करोड बराबरको क्षेती भएको प्रालीका प्रमुख प्रशासकिय अधिकृत पुष्प चित्रकारले जानकारी दिनु भयो ।असार १६ गते हाइड्रो प्रालीका जेसीवी चालक माधब बोहरा लगाएत अन्य व्यक्तिहरुले बुंगोल नगरपालीका २ बस्थीकी २० वर्षिया ललिता कुमारीको सामुहिक बलत्कार गरि हत्या भएको आक्रोसमा दोषिलाइ कार्वाहिको माग गर्दै स्थानिय प्रदर्शन कारीहरुले हाइड्रोका फिल्ड कार्यालयमा तोडफोड गरिएको हो ।

आफुहरुको शान्ति सुरक्षा नभएको र कम्पनी कार्यालयमा आक्रमण तोडफोड गर्नेहरु लाइ कार्वाही र क्षति असुलीका लागी प्रालीले माग गर्दै आएको छ । जिल्लाकै विकट दुर्गममा काम गरि रहेको कालंगा हाइड्रो प्रालीले घटना भएको दिन देखीनै साइडमा काम बन्द गरेको छ । ललीता घटनामा संलग्न व्यक्तिहरुलाइ भने प्रहरीले प्रकाउगरि कानुन अनुसार कार्वाही अगाडी बढाएको छ । कालंगा हाइड्रोले बझाडमा ६५ मेघावाट विधुत उत्पादन गर्ने भएको छ । अहिले हाइड्रोको ६० प्रतिशत काम भइ सकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button