तपाईँ सुन्दै हुनुहुन्छः

७० र ८० बर्ष माथिका ज्येष्ठ नागरिक अब वरिष्ठ र अतिवरिष्ठ

काठमाण्डौ, सरिता खनाल । प्रतिनिधीसभा अन्तर्गत महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को पहिलो संशोधन माथी दफावार छलफल सुरु भएको छ ।

समितिको आजको बैठकमा ज्येष्ठ नागरिकको परिभाषा सम्बन्धी प्रस्तावमा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने प्रस्तावलाई समितिले अनुमोदन गरेको छ ।

बैठकमा छोरीका छोराछोरीलाई पनि परिवारकै सदस्यका रुपमा मानिने भनी राष्ट्रिय सभाबाट आएको प्रस्तावलाई समितिले स्वीकृत गरेको छ ।

सांसदहरु दिव्यमणी राजभण्डारी, उमा रेग्मी, लक्ष्मणलाल कर्ण, एकवाल मिया लगायतले आफ्ना बुवाआमालाई सन्तानको कमाईको १० प्रतिशत छुट्याउनु पर्ने, उनीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाईनुपर्ने लगायतका विषयहरु विधेयकमा समेटिनुपर्र्नेेे धारणा राख्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button