तपाईँ सुन्दै हुनुहुन्छः

मोस्ट वान्टेड नसिम खाँ पक्राउ

मनिष गुप्ता, कपिलवस्तु । विभिन्न हत्यामा संलग्न कपिलवस्तुका नसिम खाँलाई कपिलवस्तु प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

केन्द्रिय अनुसन्धान व्युरोले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा काठमाडौंको सिनामंगलबाट फरार रहेका नसिम खाँलाई हिजो पक्राउ गरेको थियो ।

नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका खाँमाथी कपिलवस्तुमा घटेका ७ वटा कर्तब्य ज्यान र १ वटा डाँका चोरी मुद्धा रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमशेर राणाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button