तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु

बुटवल-सिद्धार्थनगर नगरपालिकाको बिद्युत कार्यालय अगाडी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । बुटवलबाट भैरहवा जादै गरेको लु १४ प ८५३२ नम्वरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७० वर्षिय दिनानाथ बेल्वासेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साझ साढे ७ बजे मोटरसाइकको ठक्करबाट गम्भिर घाइते भएका पसद्धार्थनगर नगरपालिका वडा नम्वर ८ निवासी बेल्वासेको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा आज बिहान मृत्यु भएको ५ नम्वर प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button