तपाईँ सुन्दै हुनुहुन्छः

५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्याक्टर वितरण गरेको हो ।

कृषकलाई प्रविधिमैत्री बनाउँदै व्यावसायिक उत्पादनलाई बढवा दिन एक किसान एक उपकरण पुर्याउने योजना अनुसार ट्याक्टर वितरण गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button