तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा आउँदै

अर्जुन श्रेष्ठ । सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्र रूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ ।

सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि मोबाइल एप ल्याउन लागेको हो ।

एकहप्ता पछि सञ्चालनमा ल्याउन लागेको एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना भएमा प्रहरीलाई खबर गर्ने तरिका र पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने व्यवस्था गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button