तपाईँ सुन्दै हुनुहुन्छः

क्लिनफिडबाट सरकार पछि नहट्ने: सञ्चारमन्त्री

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली चलचित्र क्षेत्रको विकास र संवद्र्धनका लागि सिनेमा हलहरुले निश्चित दिन तोकेर नेपाली चलचित्र प्रर्दशन गर्नुपर्ने बाँध्यकारी व्यवस्थाको आवश्यकता औँलाउनुभएको छ ।
चलचित्र विकास वोर्डको १९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री वास्कोटाले नेपाली र भाषभाषीका चलचित्रको विकासका लागि सरकारलाई आवश्यक सुझाव दिन सर्जकहरुलाई अनुरोध पनि गर्नुभयो ।
उहाँले, नेपाली चलचित्रमा बक्स अफिस र विज्ञापन क्षेत्रमा क्लिन फिडको निर्णयवाट सरकार पछि नहट्ने पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मन्त्री बास्कोटाले नायकहरु भुवन के.सी र शिव श्रेष्ठ , नायिका भुवन चन्द र चलचित्रका विभिन्न विद्यासँग सम्वन्धित शम्भुजित वास्कोटा, वसन्त श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, मञ्जुकुमार श्रेष्ठ र छवी ओझा लगायतलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button