तपाईँ सुन्दै हुनुहुन्छः

इलामका चिया उद्योगहरु पुनः सञ्चालनमा

अर्जुन श्रेष्ठ । केही दिनदेखि बन्दरहेको इलामका चिया उद्योगहरुपुनः सञ्चालनमा आएको छ ।

उद्योगी र नगरपालिकाबीच सहमति भएपछि चिया उद्योग पुनः सञ्चालनमा आएको हो ।

‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि कायमैराखेर एउटा चिया उद्योगले अस्वीकार गरेको चिया अर्को उद्योगले नलिने सहमति गरिएको छ ।

बिहीबारदेखि उद्योगीहरुले हरियो चियापत्तीमानगरपालिकाले तोकेकोे मूल्य दिन नसक्ने भन्दैसूर्योदय टी एशोसिएसनमा आबद्ध ५२ वटा चिया उद्योग बन्द गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button