तपाईँ सुन्दै हुनुहुन्छः

चिया उद्योगीबाट उद्योग बन्दको घोषणा

इलाम । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले हरियो पत्तिका लागि तोकिएको मूल्य दिन नसक्ने भन्दै उद्योग बन्दको घोषणा गरेका छन् ।

चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले नगरपालिकाले तोकेको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने घोषणा गरेको हो ।

नगरपालिकाले गत वर्ष हरियो चियापत्तिको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेकोे थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button