तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको चाप बढेसँगै होटल भरिभराउ

नेपालगञ्ज । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर जाने भारतीय पर्यटकको चाप बढेसँगै नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिभराउन बन्न थालेका छन् ।

हरेक वर्षको वैशाखदेखि भदौ महिनासम्म मानसरोवर तर्थियात्राका लागि जाने उपयुक्त समय भएको र पछिल्लो समय पर्यटकका लागि स्तरीय होटल समेत बनेकाले सो क्षेत्रमा पर्यटकको चाप बढेको हो ।

यससँगै हवाई मार्गबाट मानसरोवर जाने तीर्थयात्रीको चाप समेत बढेको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार नेपाल वायुसेवा निगमको १ र ६ निजीसहित ७ वटा विमानको २० वटा उडानबाट दैनिक करिब ४ सय तीर्थयात्री सिमकोट पुग्ने गरेका छन् ।

पाँच महीनासम्म चल्ने कैलाश मानसरोवर यात्रामा अघिल्लो वर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेकोमा र यस वर्ष करीब २५ हजारले दर्शन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button