तपाईँ सुन्दै हुनुहुन्छः

महशुल नबुझाउने ८५५ ग्राहकको लाइन काटियो

तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमा विद्युत् महशुल नबुझाउने ८५५ ग्राहकको लाइन काटेको छ ।

वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५–७६ को जेठ मसान्तसम्म महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।

केन्द्रले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अनाधिकृत रुपमा विद्युत् प्रयोग गर्ने १ सय २१ ग्राहकलाई कारवाही समेत गरेको छ ।

कारवाहीका क्रममा उनीहरुबाट ६ लाख १ हजार ९ सय ८५ राजश्व सङ्कलन गरिएको र समयमा विद्युत् महशुल नबुझाउने ग्राहकबाट लाइन काटिएपछि १ करोड ४१ लाख ३७ हजार ३ सय ५९ रुपैयौ बक्यौता समेत असुल गरिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button