तपाईँ सुन्दै हुनुहुन्छः

विप्रेषण करीब २० प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दश महिनामा रेमिट्यान्स अर्थात् विप्रेषण करीब २० प्रतिशतले वृद्धि भएको छ ।

बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको दश महीनामा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भई ७ खर्ब २५ अर्ब ३० करोड पुगेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button