तपाईँ सुन्दै हुनुहुन्छः

‘३४ प्रतिशत पर्यटक बढे’

सुर्खेत । कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्ष अन्तर्गतका प्रवर्द्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ ।

प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

चालु आर्थिक वर्षको समीक्षा गर्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, सिञ्जा, पञ्चकोशी, कुभिण्डे दह लगायतका स्थलमा पर्यटक अघिल्ला वर्षभन्दा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

कर्णली प्रदेश सरकारले आथिर्क वर्ष २०७६–७७ मा ‘कर्णाली समृद्धिको आधार ः पर्यटन विकास र पूर्वाधार’ भन्ने लक्ष्यका साथ कर्णाली पर्यटन परिपथ लगायतका आवश्यक पर्यटन पूर्वाधार निर्माणका लागि २० करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button