तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारको बजेट ३२ अर्ब १३ करोडको ४७ लाख

माधब पराजुली
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷७७ को लागी ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बराबरको बजेट ल्याएको छ । आईतवार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा चालु खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बराबरको बजेट पेश गर्नुभयो ।

कुल बजेटमा पुँजिगततर्फ बिनियोजित रकम करिब ६२ प्रतिशत र चालु खर्चतर्फ ३८ प्रतिशत रहेको छ ।

आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्योहोर्ने स्रोतमध्ये नेपाल सरकार बाट प्राप्त हुने समानीकरण अनुदान रु.७ अर्ब ११ करोड २२ लाख,सर्शत अनुदान रु. ५ अर्ब ३५ करोड १६ लाख,समपूरक अनुदान ७५ करोड,बिशेष अनुदान ७५ करोड, राजस्व बाँडफाँड बाट प्राप्त हुने ७ अर्ब ७० करोड ५१ लाख,रोयल्टि बापत प्राप्त हुने ४० करोड र आन्तरिक राजस्वबाट ३ अर्ब २७ करोड ७५ लाख तथा चालू आ.व.बाट खर्च नभई बाँकी रहन जाने अनुमानित ४ अर्ब ८० करोडँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button