तपाईँ सुन्दै हुनुहुन्छः

‘असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त’

भुवनप्रसाद आचार्य । अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताउनुभएको छ ।

शनिवार रसुवाको धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने स्पष्ट गर्नुभयो ।

बेत्रावती मैलुङ र धुञ्चेतर्फका दुवै राजमार्ग सुधार, स्याफ्रुवेशी, बेत्रावती शुरूङ मार्ग तथा चीनबाट रेल ल्याउनेजस्ता विषय सरकारको उच्च प्राथमिकतामा रहेकाले कार्यान्वयनमा सहयोग गर्न स्थानीयबासीलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले धुञ्चे–गोसाइँकुण्ड केवुलकार निर्माणमा सहज वातावरण बनाई कार्यान्वयनमा लैजान, विकट स्थान रहेको आमाछोदिङ्मो गाउँपालिकालाई विकासको अनुदान बजेट थप गर्न, कालिका गाउँपालिकामा औद्योगिक ग्राम स्थापना, थुमनमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button