तपाईँ सुन्दै हुनुहुन्छः

छाेराकाे चिरपट प्रहारले बुवाकाे मृत्यु

अछाम-अछाममा चिरपटले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्सिय निने ढोलिलाई उनकै जेठो छोरा प्रेम ढोलिले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन् ।
बिहिबार राती ११ बजे चिरपटले बुबाको गर्धनमा हाने पछि ढोलिको घटनास्थलमै मृत्यु भएको थियाे । स्थानीय र आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराई प्रहरीले प्रेमलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हाे । मृतक ढाेलीकाे जिल्ला अस्पताल मंगलसैनमा पाेष्टमार्टम गरिएकाे छ ।

हत्या गर्ने प्रेम ढोलिलाई प्रहरीले नियन्त्रणमा लिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए । छाेराले अाफ्नै बुवाकाे हत्या गरेकाे याे पहिलाे घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button