तपाईँ सुन्दै हुनुहुन्छः

नाकामा गरिएको चक्काजाम खुल्यो

रसुवा । पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबार खुलेको छ ।

राजनीतिक दल, व्यवसायी र सुरक्षा निकाय समेतको छलफलमा पालोका आधारमा मालसामान लिन जान पाउने सहमति भएपछि चक्काजाम खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

चक्काजाम खुलेसँगै केरूङ जाने र केरुङबाट सामान बोकेर आएका सवारीसाधन आवातजावत सुचारु भएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button