तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं । सोमबार ओरालो लागेको नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचकमा मंगलबार भने झिनो अङ्कले सुधार भएको छ ।

मंगलबार नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले बढेर २७२.८६ अङ्कमा पुगेको छ ।

स्टकमा मङ्गलबार कूल १७४ कम्पनीहरुका १५ लाख नौ हजार ८८५ कित्ता शेयरहरु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा किनबेच भएका छन ।

कारोबार भएका १२ समूहमध्ये छ समूहको शेयरमात्र बढ्ेकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button