तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ट महिला उद्यमी सम्मानित

काठमाडौं । सरकारले महिला उद्यमशीलता विकासमा हौसला बढाउने उद्देश्यले मुलुकभरका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा सातै प्रदेशबाट विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका महिला उद्यमीलाई सम्मान गरिएको थियो ।

पुरस्कृत हुने उत्कृष्ट महिला उद्यमीमा प्रदेश १ बाट ११, प्रदेश २ बाट तीन, प्रदेश ३ बाट १०, गण्डकी प्रदेशबाट सात, प्रदेश ५ बाट नौ, कर्णाली प्रदेशबाट छ र सुदूरपश्चिम प्रदेशबाट आठ रहेका छन् ।

मुलुकभरका १६५ महिला उद्यमीबाट ५४ उत्कृष्ट उद्यमीे छनोट गरिएको थियो । सम्मानित हुनेमा खाद्यान्न तथा लत्ताकपडा उत्पादन तथा सेवा क्षेत्रमा सक्रिय उद्यमी रहेका छन् ।

उद्योगमन्त्री मातृकाप्रसाद यादवले उनीहरुलाई सम्मानपत्रका साथै जनही १५ हजार रुपैया प्रदान गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकार केन्द्रित रहेको र घरेलु उत्पादनको बजारीकरण तथा निर्यात प्रवर्द्धन गर्न सरकारले सहयोग गर्ने उल्लेख गर्दै उहाँले स्वदेशी उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणस्तरीय बनाइनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button