तपाईँ सुन्दै हुनुहुन्छः

जीडीपी ७.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

अर्जुन श्रेष्ठ । विश्व बैंकले यस वर्ष नेपालकोे कुल गार्हस्थ उत्पादन (जीडीपी) ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट मन्तव्यमार्फत आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको एक साता नबित्दै विश्व बैंकको यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।

विश्व बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल विकास सम्बन्धी प्रतिवेदन अनुसार सन् २०१९ को मध्यसम्म रेमिट्यान्सको आप्रवाह नियमित रहेमा जीडीपी वृद्धि ६ दशमलव ५ प्रतिशत रहने जनाएको छ ।

त्यसैगरी मानव पुँजी सूचकांक अन्य मुलुकको भन्दा राम्रो रहेको विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button