तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु तथा साना औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । यही जेठ २२ देखि २६ गतेसम्म तीसौँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

औद्योगिक प्रदर्शनीमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका लघु घरेलु उत्पादन प्रदर्शनी एवं विक्रीमा रहने घरेलु विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

जिल्लागत रुपमा विशिष्ट पहिचान दिने ७७ जिल्लाका उत्पादन यसपटक प्रदर्शनीमा राखिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button