तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्गको मुग्लिन खण्ड आजदेखि ९ घण्टा बन्द

चितवन-पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा आजदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाइएको छ । मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ ।

सेक्टरका अनुसारका बिहीबारदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो । यो सडकखण्ड दैनिक ९ घण्टा बन्द हुँदा पोखरा, गोरखा लगायत गण्डकी प्रदेशमा ओहोरदोहोर गर्ने यात्रुलाई समस्या भए पनि नारायणगढ–मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

मुख्य बाटो बन्द हुँदा नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने गाडी चापमा चल्नुपर्नेछ । मुग्लिनमा बनिरहेको नयाँ आर्क ब्रिज छिट्टै सञ्चालनमा आउने पनि सडक विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button