तपाईँ सुन्दै हुनुहुन्छः

शिशु हत्या गरेको आरोपमा आमा पक्राउ

सल्यान सल्यानमा नवजात शिशुको हत्या गरेको आरोपमा आमालाई पक्राउ गरेको छ । जिल्लाको दार्मा गाउँपालिका वडा न ३ बेरुखेतकी २५ वर्षिया आशा विकलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बेरुखेतको जंगलमा नवजात शिशुको शव फेला परेको थियो । जंगलमा शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।  शिशुको शव पोष्र्टमाटमका लागि सल्यान अस्पताल पठाइएको इर्लाका प्रहरी कार्यालय फारुलाचौरका प्रहरी प्रमुख ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

शिशु वैध हो वा अवैध हो भन्नेबारे अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । आरोपित विकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय थारमारेमा लगिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button