तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरमा बृहत् योग बिज्ञान शिविर सम्पन्न

दाङ । दाङको तुलसीपुरमा आयोजना भएको बृहत योग बिज्ञान शिविर बुधबार सकिएको छ ।
जेठ ११ गते शनिबारदेखि शुरु भएको योग शिविर पाँचदिन सम्म चलेको थियो । सबै नागरिकलाई योगसम्बन्धी चेतना दिन पतञ्जली योग समिति दाङको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाले शिविरको आयोजना गरेको हो ।
योग शिविरमा योग सम्बन्धी विचार र दर्शनका बारेमा जानकारी समेत दिईएको थियो ।
पतञ्जली योग समिति दाङको समन्वयमा भएको शिविरको प्रमुख प्रशिक्षकमा पतञ्जली योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्र हुनुहुन्थ्यो ।
शिविरको समापन गर्दै पतञ्जली योग समितिका केन्दिय प्रभारी लवदेव मिश्रले
जीवनको अन्तिम सत्य योग भएको बताउँदै सवैका लागि योग अपरीहार्य रहेको
बताउनुभयो ।
केन्द्रीय प्रभारी मिश्रले योगमा सवै जातजाती, लिंग, धर्म र संस्कृति अटाउने बताउनुभयो । ‘योगमा केही प्राणायाम विधिले हिन्दुत्वको प्रतिनिधित्व गरेको प्रतित
भएपनि खासमा योग सवै धर्मावलम्वीहरुको साझा अभ्यास हो’—प्रमुख प्रभारी
मिश्रले भन्नुभयो ।
एक अर्को प्रसंगमा अव स्थानिय सरकारदेखि संसद भवन र मन्त्री मण्डल पनि
योगमय बन्नुपर्ने र राज्यले त्यसमा पनि लगानी गर्नुपर्ने
बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा देशकै ठूलो योग शिविर आयोजना गर्ने लक्ष्य लिएको बताउनुभयो । नेपालकै योगको केन्द्रका रुपमा तुलसीपुरलाई चिनाउनका लागि आफुले यस्तो योजना बनाएको नगर प्रमुख पाण्डेको भनाई थियो ।
योग शिविरमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदी, उपप्रमुख माया आचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button