तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा ४ सय ५ जना उद्यमी उत्पादन गरिने

रोशन तिवारी, पर्वत । पर्वतमा ४ सय ५ जना उद्यमी उत्पादन गरिने भएको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) उद्यमी उत्पादन गर्न थालेको हो । घरेलु तथा साना उद्योग विकास समितिले जिल्लाका रहेका सबै सात वटा स्थानीय तहमा उक्त कार्यक्रम सञ्चालन गरेको छ ।

गरिबीको रेखामुनी रहेका विपन्न समूदायको आयस्तर उकास्न विभिन्न सीपमुलक तालिम दिएर उद्यमी तयार पार्न थालिएको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

कार्यक्रमले विपन्न समूदायलाई बाँसका मुढा, व्यूटिपार्लर, च्याउखेती, पलम्विङ, विभिन्न घरेलु तथा बन पैदावरको उपभोग गरी सामाग्री बनाउने हस्तकला र सीपमा आधारित तालिम सञ्चालन गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो ।

वार्षिक आय ३४ हजार ४ सय ३० भन्दा कम रहेका व्याक्ति छनौट गरेर तालिम दिईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button