तपाईँ सुन्दै हुनुहुन्छः

शेयर कारोवारमा सामान्य गिरावट

काठमाण्डौ । धितोपत्र बजारमा आइतबार पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १ दशमलव ८७ बिन्दुले घटेर १ हजार ३ सय १६ दशमलव ८४ अंकमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत शुन्य दशमलव ६५ बिन्दुले घटेर २ सय ८० दशमलव ७९ बिन्दुमा पुगेको छ ।
आइतवार कूल १ सय ७२ कम्पनीको ३२ लाख ८१ हजार १ सय १६ कित्ता शेयर १ अर्ब ९ करोड ३ लाख ४८ हजार २ सय २५ रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button