तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा एक दर्जन हतियार वरामद

आकाश तारा बयक, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले एक दर्जन हतियार बरामद गरेको छ । प्रहरी चौकी बड्डचीरले गस्तीका क्रममा जंगलमा वेवारिसे अवस्थामा फालिएको घरेलु भरुवा बन्दुक वरामद गरि आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पछिल्लो एक महिनामा अबैध हातहातियार खोजतलास अभियान अन्तर्गत बराहतालका स्थानीयले पक्राउ पर्ने डरले ती भरुवा बन्दुक जंगलमा वेबारिसे छोडि दिएको हुन सक्ने अनुमान गर्नुभयो । उहाँले बराहतालबाट यतिका धेरै वेवारिसे घरेलु हतियार फेला पर्नुले आफुहरुलाई सशंकित बनाएकाले आवश्यक कारवाहीका लागि पुनः सर्च अभियानलाई तीव्रता दिइने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button