तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्र रुपमा

मकवानपुर । हेटौँडाको मयुरघापमा निर्माण हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ ।

सरकारले चार वर्ष अघि प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा अनुरुप हेटौँडा उपमहानगरपालिका– १४ स्थित मयुरधापमा १ सय ३५ हेक्टर जमीनमा निर्माण कार्य शुरु गरिएको हो ।

सरकारले उद्योग विकास र रोजगारी वृद्धिका लागि सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अनुरुप परियोजनाको काम तीव्र गतिमा बढाइएका औद्योगिक क्षेत्र परियोजना प्रमुख प्रकाश केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button