तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारत फ्रेन्चाइज एक्सपो बुधबारदेखि

काठमाडौं । नेपाल भारत फ्रेन्चाइज एक्सपो तथा कन्क्लेभ बुधबारदेखि काठमाडौमा आयोजना हुने भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ, भारतीय राजदुतावास, काठमाण्डौ तथा भारतीय कम्पनी फ्रेन्चाइज इण्डियाको संयुक्त आयोजनामा हुन लागेको फ्रेन्चाइज एक्सपो तथा कन्क्लेभ कार्यक्रममा नेपालमा फ्रेन्चाइज कम्पनीहरुको लगानीको सम्भावना नेपालको पर्यटन, युवाहरुलाई लगानीको विभिन्न क्षेत्रमा आर्कषित गर्ने जस्ता विषयहरुमा छलफल हुने नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।

एक्स्पोमा अन्तराष्ट्रिय बजारमा स्थापित विभिन्न ब्राण्डहरुले आआफना कक्ष राखेर पर्दशन गर्नेछन ।

नेपाल उद्योग बाणिज्य महासंघद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भवानी राणा र नेपाल स्थित भारतीय राजदुतावासका वाणिज्य काउन्सिलर कपिलध्यज सिंहले फ्रेन्चाइज एक्सपो मेला तथा छलफलबाट नेपालमा लगानी आर्कषित गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button