तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

काठमाडौं । मंगलबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १.५ बिन्दुले बढेर २७९.७४ अङ्कमा पुगेको छ ।

स्टकमा मंगलबार १७० कम्पनीहरुका ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर एक अर्ब तीन करोड ७२ लाख ५८ हजार रप्ैयाामा किनबेच भएका छन् । कारोबार भएका १२ समूहमध्ये मंगलबार व्यापार समूहको मात्रै शेयर घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button