तपाईँ सुन्दै हुनुहुन्छः

माटो परीक्षण शिविर शुरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाले कृषकका खेतबारीको माटोको परीक्षण शिविर शुरु गरेको छ ।

गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा काभ्रेको दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर शुरु गरेको हो ।

माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने उद्देश्यले कृषकको जमीनको माटो परीक्षण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताउनुभयो ।

व्यावसायिक रूपमा खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्ने भएकाले सबै वडाको विभिन्न स्थानबाट नमूनाका रुपमो माटो परीक्षण गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button