तपाईँ सुन्दै हुनुहुन्छः

पाँच युवाद्वारा सामूहिक तरकारी खेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पाँच जना युवा मिलेर सामूहिक तरकारी खेती शुरु गरेका छन् ।

प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरी आठ रोपनी जग्गा भाडामा लिएर ती युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् ।

१० लाख लगानी गरी शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेँडा, काँक्रो, खुर्सानी, सागलगायत तरकारी रोपिएकोे युवा कृषक गणेश केसीले बताउनुभयो ।

कृषिमा सम्भावना देखेरै लगानी गरेका र यो व्यवसायलाई विस्तार गर्दै जाने योजना रहेको ती युवा कृषकले बताएका छन् ।

तरकारी खेतीसँगै माछापालन, फूलखेती, कुखुरापालन समेत शुरु गर्ने तयारी गरिएको युवा कृषक जगत बानियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button