तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो मुलुकका लागि पारवहन मार्ग खुल्ला

काठमाडौं । चीनको भूमि हुदै नेपालले तेस्रो मुलुकबाट सामानको आयात तथा नियार्त गर्न पारवहन मार्ग खुल्ला भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भूपरिवेष्ठित नेपालको लागि चीन तर्फबाट समेत पारवहन मार्ग प्राप्त भएकोले नेपालको पारवहनमा विविधिकरण भएको र जापान तथा कोरिया लगायतका तेस्रो मुलुकहरुबाट आयात निर्यात गर्न बाटो खुल्ला भएको जानकारी दिनु भयो ।

नेपाल र चीन बीच नेपालका राष्ट्रपतिको हालै भएको चीन भ्रमणको बेला पारवहन सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालका लागि विकल्पको रुपमा चिनियाँ पारवहन सुविधा प्राप्त भएको हो ।

पारवहन प्रोटोकलमा हस्ताक्षर पछि अब नेपालले चीनका विभिन्न ३ वटा सुख्खा बन्दरगाह र ४ वटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।

नेपालले आवश्यकता अनुसार चीनका अन्य बन्दरगाह पनि प्रयोग गर्न पाउने छ । सहमति अनुसार नेपालले चीनबाट पारवहन सुविधा अन्र्तगत नेपालका विभिन्न ६ वटा भन्सारहरु प्रयोग गर्न सक्नेछ ।

पत्रकार सम्मेलनमा सचिव अत्रिकारीले आगामी १ महिना भित्रमा आवश्यक अध्ययन पारवहन सुविधा प्रयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने बताउनु भयो ।

यो संगै भारत निर्भर नेपालको पारवहन सेवामा विविधता आएको छ । नेपालको अन्तराष्ट्रिय व्यापार मध्ये भारत र चीनसंग मात्रै ८० प्रतिशत व्यापार हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button