तपाईँ सुन्दै हुनुहुन्छः

एक सातापछि शेयर बजार पूनः १३ सय नाघ्यो

काठमाडौं । एक साता पछि शेयर बजारले पून १३ सय अंक नाघेको छ । मंगलबार शेयर बजार मापक सूचक १.८७ अङ्कले बढेपछि बजारले १३०१.२८ अङ्क छोएको हो ।

गत सोमबार १३१०.३१ अंकमा रहेको बजार लगातार घटेर आइतबार १२७७ अङ्कसम्म ओर्लिएको थियो । गएको दुई कारोबार दिनमा बजारमा आएको सुधारले सूचकलाई १३ सय अंकमाथि उक्लिन टेवा दिएको हो ।

मंगलबार १७६ कम्पनीका २५ लाख २० हजार कित्ता शेयर किनबेच भए । पहिलो घण्टामा १० करोडको कारोबार भएको बजारमा त्यसपछि भने शेयर किनबेच तीव्र भएको थियो ।

बजार घटेको बेलामा पर्याप्त लगानीकर्ताले खरिद बिक्री बढाउँदा समग्र कारोबार ७२ करोड रुपैयाँ माथि उक्लिएर बन्द भएको हो ।

लगानीकर्ताले मंगलबार एनसिसि बैंक र शिवम् सिमेन्टको शेयर सबैभन्दा बढी खरिद किनबेच गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button