तपाईँ सुन्दै हुनुहुन्छः

दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि

सुनसरी । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै सुनसरीमा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ ।

जिल्लामा गाईभँैसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक रुपमा वृद्धि हुँदै गएको पशुसेवा ज्ञान केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ ।

चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा गाई र भैसी गरी जम्मा ३४ हजार ६८ मेट्रिकटन दूध उत्पादन भएको सुनसरी केन्द्रका डा मनोजकुमार महतोले जानकारी दिनुभयो ।

गत वर्षको आठ महीनामा जिल्लामा ३४ हजार एक मेट्रिकटन दूध उत्पादन भएकोमा चालू आवको सोही अवधिमा ३४ हजार ६८ मेट्रिकटन गाई र भैसीको दूध उत्पादन भएको केन्द्रका डा महतोले बताउनुभयो ।

जिल्लामा चालू आवको आठ महीनाको अवधिमा ११ हजार १५० मेट्रिकटन गाईको दूध उत्पादन भएको छ भने २२ हजार ९१८ मेट्रिकटन भैसीको दूध उत्पादन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button