तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजार २१.३६ अंकले सुधार

काठमाडौं । शेयर बजारको कारोवारमा सोमवार बाणिज्य बैकमा लगानीकर्ता आकर्षित हुँदा शेयर बजार २१.३६ अंकले सुधार भएको छ ।

कारोबार सुरु भएको दुई घण्टासम्म रातो देखिएको शेयर बजार अन्तिम दुई घण्टामा सुधार भएको हो ।

सोमवार अन्य बाहेक सबै सूचकहरुमा सुधार भएको छ । सबैभन्दा धेरै साल्ट ट्रेडिङको सूचक ४.२१ प्रतिशतले सुधार भएको छ भने बाणिज्य बैंकको सूचक २.५८ अंकले सुधार भएको छ ।

बाणिज्य बैंकको शेयरमा वृद्धिसँगै समग्र शेयर बजार नै उकालो लागेको हो । सोमबार ६३ करोड ३६ लाख रुपैयाँको कारोबार हुँदा बाणिज्य बैंकको मात्रै ३६ करोड रुपैयाँको कारोबार भएको छ । साल्ट ड्रेडिङको शेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ ।

स्टकका अनुसार कारोवार भएका कूल ११ समूहमध्ये अन्य समूह बाहेक अरु सबै समूहको शेयर वृद्धि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button