तपाईँ सुन्दै हुनुहुन्छः

वजेटमा कर्णालीको उचित सम्बोधन होस्ः मुख्यमन्त्री शाही

सरिता खनाल

काठमाण्डौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले वजेट विनियोजन गर्दा कर्णाली प्रदेशको मानव विकास सूचाङ्कलाई प्राथमिकतामा राखेर गर्नुपर्ने बताउनुभएको छ ।
आज काठमाण्डौमा आयोजित एक साक्षात्कारमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश विकासका धेरै कुरामा पिछडिएकोले कर्णाली प्रदेशको उचित सम्वोधन हुने गरीे नीति तथा कार्यक्रम र वजेट ल्याउन सरकारसँग माग गर्नुभयो ।
मुख्यमन्त्री शाहीले संघ, प्रदेश र स्थनीय तहबीच समन्वयकारी भूमिका नहुँदा विकासका कामले गति लिन नसकेको भन्दैँ त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button