तपाईँ सुन्दै हुनुहुन्छः

सार्कका अर्थ मन्त्रीहरुको तेह्रौ बैठकमा अर्थमन्त्री डा. खतिवडाको अध्यक्षता

काठमाण्डौ । फिजी भ्रमणमा रहनुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले एसियाली विकास वैंकको बाउन्नौ वोर्डस अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थ मन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गर्नु भएको छ । उक्त वैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तर निर्भरता अत्यावश्यक भएको उल्लेख गर्नुभयो ।

दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउदै गएको भएता पनि विभिन्न समस्याका कारण व्यापारको हिस्सा पाँच प्रतिशत भन्दा माथि पुग्न नसकेको वताउनुभयो ।

अर्थमन्त्री खतिवडाले नेपालले इतिहासमै लगातार तेस्रो बर्ष सम्म ६ प्रतिशत भन्दा माथीको आर्थिक बृद्धि हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।

आजै एसियाली विकास वैंक, युरोपियन लगानी वैंक, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्च पदस्थ अधिकारीहरु संग छुट्टाछुट्टै भेट गरीे नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरुको वारेमा जानकारी गराउनुभयो । नेपालमा उच्च आर्थिक बृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधान प्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न, भूकम्प पछिको पुर्ननिर्माण खास गरी आवास र विद्यालय भवनहरुको पूर्ननिर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारहरुलाई नेपालमा थप सहायता प्रदान गर्न आव्हान समेत गर्नुभएको छ ।

अर्थ मन्त्रीसंग भएका ती वैठकहरुमा नेपालको आर्थिक बृद्धि र नेपाल सरकारले शुरु गरेका सुधारका कार्यहरु प्रति उत्साहित हँुदै विकास साझेदारका प्रतिनिधिहरुले नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको जानकारी अर्थमन्त्रीका प्रेस संयोजक यमन पौड्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button