तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से ४ दशमलव २१ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव २१ अंकले घटेर १ हजार २ सय ९४ दशमलव ३९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव २८ अंकले घटेर २ सय ७७ दशलमव ८२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार १ सय ७० कम्पनीको १८ लाख ३ हजार २६ कित्ता शेयर ५८ करोड ७८ लाख ५५ हजार रुपैयाँमा खरिदविक्री भएको छ ।

बिहीबार सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन् भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button