तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजार बढने क्रम सोमबार रोकियो

काठमाडौं । लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजारको बढने क्रम सोमबार भने रेकिएको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्जको कारोबार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने भने अर्बभन्दा माथि नै रहेको छ ।

स्टकका अनुसार कूल १७४ कम्पनीको ३० लाख १६ हजार ४८० कित्ता शेयरहरु एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ मूल्यमा किनबेच भएका छन् ।

सोमबार कारोबार भएका ११ उपसमूह मध्ये छ समूहको शेयर घटेको छ भने पाँच समूहको शेयर कारेबार बढेको छ । सोमबार बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र लघुवित्तको कारेबार घटेको छ ।

त्यस्तै व्यापार, होटल, उत्पादनमुलक, अन्य र जीवन बीमा समूहको कारोबारमा सुधार भएको छ ।

स्टकका अनुसार सोमबार नेपाल लाइफ इन्स्योरन्स कम्पनीको मात्रै १४ करोड ६९ लाख ८२ हजार ४८८ कारोबार भएको छ । सो कम्पनीको प्रतिकित्ता एक हजार ३१६ मूल्यमा शेयरको किनबेच भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button