२०७८ साल साउन २२ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा र काङ्ग्रेसलाई महासङ्घको ध्यानाकर्षणपत्र

रेडियो नेपाल २०७६ वैशाख १५ गते २०:४०

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासङ्घका पदाधिकारीले आज (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन ।

महासङ्घले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चार माध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्नेमा जोड दिएको छ ।

त्यस अवसरमा नेकपाका अध्यक्ष प्रचण्डले संविधानसभा, गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलगायतका मुद्दामा पत्रकार महासङ्घ र प्रेस जगतले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

अध्यक्ष प्रचण्डले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेस अनुकूल नै भएको बताउँदै महासङ्घले उठाएका सवाललाई पार्टी्भित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी काँग्रेस सभापति देउवाले प्रेस स्वतन्त्रताका लागि नेपाली काङ्ग्रेस विगत लामो समयदेखि लड्दै आएको स्मरण गर्दै आगामी दिनमासमेत महासङ्घसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित