तपाईँ सुन्दै हुनुहुन्छः

७० लाख छयासी हजार व्यक्ति मात्र रोजगारीमा

भुवनप्रसाद आचार्य । नेपालका ७० लाख छयासी हजार व्यक्ति मात्र रोजगारीको क्षेत्रमा रहेको पाइएको छ ।

केन्द्रिय तथ्यांक विभागले शुक्रबार काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नेपाल जनशक्ति सर्वेक्षण २०७४–२०७५ को तेस्रो प्रतिवेदनले कुल रोजगार मध्ये ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४० हजार महिला रोजगार रहेको जानकारी गराइयो ।

राजगारीको क्षेत्रमा रहेको जनसंख्या कुुल जनसंख्याको ३४.२ प्रतिशत मात्र रहेको छ । बसोबासको आधारमा रोजगारीको क्षेत्रमा रहेको जनसंख्या मध्ये ४९ लाख १ हजार जना शहरी क्षेत्रका रहेका छन भने २१ लाख ८५ हजार ग्रामिण क्षेत्रका रहेका छन ।

नेपालमा १५ वर्ष वा सो उमेर भन्दा माथिको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको पनि जनशक्ति सर्वेक्षणले जनाएको छ ।

१५ वर्ष वा सो उमेर भन्दा माथिको उमेरका ९ खलाख ८ हजार व्यक्तिहरु रोजगार रहेका छन् । जस मध्ये ५ लाख ११ हजार पुरुष छन भने ३ लाख ९७ हजार महिला रहेका छन ।

जनशक्ति सर्वेक्षणले ३७.८ प्रतिशतले मात्र औपचारिक क्षेत्रमा श्रम गरेको देखाएको छ भने ६२.२ प्रतिशतले अझै पनि अनौपचारिक क्षेत्रमा श्रम गरिरहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button