तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ जलविधुत आयोजनाको बाधँ बनाउन पुनः बोलपत्र

इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहु जलविधुत आयोजनाको बाँध निर्माणको लागी नयाँ प्रक्रिया शुरु भएको छ ।

कूल १४० मेगावाट क्षमताको आयोजनाको बाँध लगाएतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आज पुनः विश्वव्याजी बोलपत्र आहवान गरिएको तनहुँ हाईड्रोपावर लिमिटेडले जनाएको छ ।

इटालियन कम्पनी सिएमसीसगँ भएको ठेक्का सम्झौता रद्द गरिएपछि कम्पनीले पुनः अन्तराष्ट्रिय बोलपत्र आहवान गरी निर्माण व्यवसायीलाई सहभागिताका लागि आग्रह गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button