शेयर बजारमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं । केही दिनदेखि लगातार उकालो लाग्दै आएको शेयर बजारमा बिहीबार पनि दोहोरो अङ्कको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर १२९२.१२ विन्दुमा पुगेको छ ।
स्टकका अनुसार बिहीबार कूल १७६ कम्पनीका ४५ लाख १९ हजार कित्ता शेयर एक अर्ब ३५ करोड ७५ लाख मूल्यमा खरीद बिक्री भएका छन् ।
बिहीबारको कारोबारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । नेपाल बैंकको मात्रै प्रतिकित्ता ३१५ रुपैयांमा १८ करोड ४१ लाख बराबरको कारोबार भएको हो ।
यसगरी एनसिसी बैंक, प्रभु बैंक, छिमेक लघुवित्त विकास बैंक र कृषि विकास बैंकको उल्लेख्य रुपमा कारोबार भएको छ ।
प्रतिक्रिया राख्नुहोस्