तपाईँ सुन्दै हुनुहुन्छः

हामीले तिरेको कर हाम्रै विकासको लागि हो : अर्थमन्त्री खतिवडा

बीरगंज । अर्थमन्त्री डा.युवराज खतिवडाले हामीले तिरेको कर हाम्रै विकासको लागि हो भन्ने कुराको अनुभुत आम करदातामा पुर्याउनु पर्ने कुरामा जोड दिनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय वीरगंजको आज एक समारोहका विच नवनिर्मित अत्याधुनिक भवनको समुद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले राजस्वको लक्ष्य पूरा गर्ने नाममा जथाभावी आयात खुला गर्न नसकिने बताउनुभयो ।
उहाँले, राजस्वको लक्ष्य र संकलनमा अन्तर भए पनि जथाभावी आयात गर्न दिने पक्षमा सरकार नभएको उल्लेख गर्दै जथाभावी आयात बढाएर तोकिएको राजस्व लक्ष्य पूरा गर्नु पर्छ भन्ने पक्षमा आफू नरहेको बताउनुभयो ।
उहाँल,े करदातालाई स्वयं कर निर्धारण गर्ने छुट सरकारले दिएको बताउदै करदाताले पनि आफ्नो वास्तविक विवरण पेश गरी कर बुझाउनु पर्ने कुरामा जोड दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय वीरगंजको ३ तल्लाको अत्याधुनिक सेवा सुविधा सहितको नवनिर्मित भवन ४ करोड १९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रमुख गोपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु प्रसाद नेपाल, भन्सार विभागका महानिर्देशक रामेश्वर दङगाल, अर्थमन्त्रालयका सहसचिव निर्मल हरि अधिकारी, वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक श्याम प्रसाद भण्डारी, बीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, पर्सा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button