तपाईँ सुन्दै हुनुहुन्छः

इसिटिएस प्रणाली प्रभावकारी नभएको व्यावसायीको गुनासो

वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले गत फागुन ३ देखि कोलकत्ता बन्दरगाहबाट शुरु भएको तेस्रो मुलुकबाट आयात गरिने सामान सिधै नेपाल ल्याउने व्यवस्था इसिटिएस प्रणाली प्रभावकारी नभएको गुनासो गरेका छन् ।

कोलकात्ता स्थित नेपाली महावाणिज्य दूतावास र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुधवार वीरगञ्जमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा उद्योगी व्यवसायीले नेपालको आयात निर्यात व्यापारलाई सहज बनाउन कोलकात्ता बन्दगाहबाट शुरु भएको विद्युतीय कार्गो सेवा प्रभावकारी नभएको र खर्चिलो भएको गुनासो गर्नु भयो ।

कार्यक्रममा कलकत्तास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले दुबै देशले टुल्सको रुपमा इसिटिएसलाई प्रयोगमा ल्याएको हुँदा उत्पन्न समस्या पछि क्रमश समाधान हुदै जाने दाबी गर्नु भयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदिप केडिया, वरिष्ठ उपाध्यक्ष अशोक वैद्यले ईलेक्ट्रोनिक्स कार्गो ट्रयाकिग सिस्टम लागु भएपछि प्रति कन्टेनरमा ४ हजार ५ सय भारतीय रुपैया थप व्यय भार परेको सेवा शुरु भएपछि जिरो डकुमेन्ट, खर्च घटाउने, मालसमान चाडै डिलेभरी हुने जस्ता फाइदा हुने विश्वास लिएको भए पनि अहिले यो प्रणाली थप झन्झिटिलो भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button