तपाईँ सुन्दै हुनुहुन्छः

दुई जलविद्युत कम्पनीद्वारा आइपिओ निष्काशन

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले शुक्रवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गरेका छन् । दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरका लागि न्युनतम १० कित्ताको लागि आवदेन दिन पाइनेछ ।

सरकार तथा चिलिमे जलविद्युत कम्पनीले प्रवर्द्धन गरेको दुई आयोजनाले छिटोको अवधिमा वैशाख १० गते र पहिलो चरणमा बिक्री हुन नसकेमा ढिलोको अवधिमा जेठ ५ गतेसम्म निष्काशन गर्न सक्ने छन् ।

सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख ७३ हजार ७५० कित्ता छुट्याएको छ ।

४ प्रतिशत अर्थात दुई लाख १९ हजार कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

आयोजनाको जम्मा लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाटका लागि १५ करोड ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

रसुवागडी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि एक करोड दुई लाख ६३ हजार १५० कित्ता मध्ये ४ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

रसुवागढी हाइड्रोपावरले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने सान्जेन जलविद्युत कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button