तपाईँ सुन्दै हुनुहुन्छः

२०७६ र ७७ को बजेट तर्जूमाको प्रारम्भिक काम शुरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६ र ७७ को बजेट तर्जूमाको प्रारम्भिक काम शुरु गरेको छ ।

बजेट तर्जुमाको लागि गठित स्रोत समितिको मंगलवार बसेको बैठकले बजेट तर्जूमाको लागि आवश्यक पर्ने सार्वजनिक खर्च तथा स्रोतको आँकलन गरेको योजना आयोगले जनाएको छ ।

समितिका अध्यक्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कंडेलको अध्यक्षतामा भएको बैठकले सबै मन्त्रालयहरुलाई बजेट तर्जुमाको मार्ग नर्देशन सहित बजेटको सीमा पठाउन पत्राचार गर्ने गरी आवश्यक तयारी पनि अघि बढेको छ ।

बजेट तर्जुमाको लागि गठित स्रोत समितिको सदस्यहरुमा अर्थ सचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैकका गर्भनर, महालेखा नियन्त्रक र योजना आयोगका सचिव सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button